राजनीति


‘संविधान संशोधन कार्यदल’को दोस्रो बैठक बस्दै

‘संविधान संशोधन कार्यदल’को दोस्रो बैठक बस्दै

संयोजक असिम शाह


नेपालखबर
बैशाख १०, २०८३ बिहिबार ११:४१, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दैछ। 

बिहीबार दिउँसो तीन बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्री बालेन शाहका संचार सहजकर्ता सुरेन्द्र बजगाईँले जानकारी दिए। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दा र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुने बताइएको छ। 

कार्यदलको पहिलो बैठक गएको चैत २५ गते बसेको थियो। पहिलो बैठकमा संविधान संशोधनका विषयमा सामान्य छलफल भएको थियो।

कार्यदलमा नेकपा (एमाले)बाट भीष्म अधिकारी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट देव गुरुङ, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राप्रपाका ज्ञानबहादुर शाही, राष्ट्रिय जनमोर्चाबा उपाध्यक्ष दुर्गा पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र लाभ र जनता समाजवादी पार्टी नेपालका डा. सुरेन्द्रकुमार झा कार्यदलका सदस्य छन्।

नेपाली कांग्रेसले भने प्रतिनिधि पठाएको छैन। 

पहिलो बैठकमा विपक्षी दलका प्रतिनिधिहरूले के विषयमा संविधान संशोधन गर्न चाहेको भन्ने खुलाउन आग्रह गरेका थिए। त्यसपछि कार्यदलले सबै राजनीतिक दललाई बहसपत्रबारे जानकारीसमेत पठाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad