गृहमन्त्री सुधन गुरुङले सीमापार तस्करी नियन्त्रणसम्बन्धी विषयमा सांसदहरूले छलफल गरेका छन्।
शुक्रबार गृह मन्त्रालयमा मधेस र लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग मन्त्री गुरुङले छलफल गरेका हुन्।
छलफलका क्रममा सांसदहरूले सीमा क्षेत्रमा हुने तस्करीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्नुपर्ने धारणा राख्दै सो का लागि विद्यमान भन्सार प्रणालीमा सुधार गर्ने, भन्सार दर पुनरावलोकन गर्ने, सीमामा प्रभावकारी निगरानी तथा अनुगमन संयन्त्र विकास गर्ने, कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रिया सरलीकृत गर्ने, सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई दैनिक उपभोग्य सामग्रीको आयातमा निश्चित हदसम्म भन्सार छुट दिन मापदण्ड निर्धारण गर्ने लगायतका सुझाव दिए।
छलफलका क्रममा उठेका गृह मन्त्रालयसँग सम्बन्धित सवालहरू गृह मन्त्रालयले कार्यान्वयन गर्ने र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयहरुमा अर्थ मन्त्रालयसँग थप छलफल तथा समन्वयमार्फत् समाधान गर्ने गरी निष्कर्ष निकालिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

प्रतिक्रिया