राजनीति


प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

फाइल फोटो


नेपालखबर
बैशाख ३, २०८३ बिहिबार १०:१०, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सबै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन्। 

बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाइएको छ। 

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले छलफलको एजेण्डा थाहा नभएको बताए। नेपालखबरसँग उनले भने, ‘प्रधानमन्त्रीज्यूले आज २ बजे बोलाउनु भएको छ। भरखरै म काठमाडौँ आइपुगेको छ। भेटघाट होला। छलफलको एजेण्डा त्यस्तो केही थाहा छैन।’

प्रधानमन्त्री शाहले यसअघि प्रदेशगत रूपमा सातै प्रदेशबाट निर्वाचित सांसदसँग छलफल गरेका थिए। 

बुधबार समानुपातिक सांसदसँग छलफल गरेका प्रधानमन्त्री शाहले आज मुख्यमन्त्रीहरूसँग छलफल गरी प्रदेशका समस्या र तत्काल गर्नुपर्ने कामको प्राथमिकताका बारेमा जानकारी लिने उनको सचिवालयले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad