जेनजी अभियानकी अगुवा रक्षा बमले आर्थिक हैसियतका आधारमा नागरिकको जीवनस्तरलाई 'गलत' ठान्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाएकी छिन्। पछिल्लो समय चर्चामा रहेको एक अभिव्यक्तिको प्रतिवाद गर्दै उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गरेकी हुन्।
रक्षाले देशको २० प्रतिशतभन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि रहेको यथार्थ स्मरण गराउँदै उच्च आर्थिक हैसियत बनाउने अवसर राज्यले सबैलाई समान रूपमा दिन नसकेको उल्लेख गरेकी छिन्।
'गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपना जस्तै हुन्छ। जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन न यो राज्यका स्रोतको सीमितताका कारण सम्भव छ, न तपाईंहरूसँग यसको यथार्थपरक योजना नै छ', उनले भनेकी छिन्।
फिल्मी संवाद र यथार्थ जीवनबीचको अन्तर केलाउँदै उनले नागरिकलाई नै दोषी देख्ने प्रवृत्तिको आलोचना गरिन्। 'आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र?' पदीय मर्यादामा रहेका व्यक्तिहरूले नागरिकको बाध्यतालाई अपमान गर्नुको सट्टा आफ्नो सोच बदल्नुपर्ने उनको सुझाव छ।
Shares

प्रतिक्रिया