राजनीति


संसद्‍ प्रभावकारी बनाउन सभामुखको सक्रियता, पूर्वसभामुखहरूसँग मागे सुझाव

संसद्‍ प्रभावकारी बनाउन सभामुखको सक्रियता, पूर्वसभामुखहरूसँग मागे सुझाव

नेपालखबर
चैत ३०, २०८२ सोमबार १२:५९, काठमाडौँ

सभामुख डोलप्रसाद (डीपी) अर्यालले दुई पूर्वसभामुखहरूसँग भेटघाट गरी संसदीय अभ्यासलाई थप सुदृढ बनाउने विषयमा परामर्श गरेका छन्। सोमबार बिहान भएको उक्त भेटमा पूर्वसभामुखद्वय देवराज घिमिरे र अग्निप्रसाद सापकोटा सहभागी थिए।

भेटका क्रममा संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियामा सुधार र विगतका अनुभवहरूको आदानप्रदानमा केन्द्रित रहेर छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। सङ्घीय संसद्‍मा विधेयकहरू निर्माण गर्दा आइपर्ने कानुनी र प्रक्रियागत जटिलताहरूलाई पूर्वसभामुखहरूको अनुभवका आधारमा समाधान गर्ने उद्देश्यले यो भेटघाट भएको बुझिएको छ।

संसदीय मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गर्न 'अनुभवको हस्तान्तरण' आवश्यक रहेको भन्दै सभामुख अर्यालले पछिल्लो समय सक्रियता बढाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad