प्रतिनिधि सभाको उपसभामुखमा राप्रपाबाट उम्मेदवार बनेकी सरस्वती तामाङको पक्षमा पाँच मत परेको छ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राप्रपा सांसद तामाङलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका छन्। राप्रपा सांसद ज्ञानबहादुर शाहीले तामाङलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। उनको पक्षमा राप्रपाका सांसदले मात्रै मत दिएका थिए।
प्रस्तावको विक्षमा २१५ मत परेका थिए भने मत दिन्न भन्ने पक्षमा ३७ मत परेका थिए। रास्वपा, कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले विपक्षमा मतदान गरेका थिए भने एमालेले मत दिन्न भन्ने पक्षमा मत दिएको थियो। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा २५७ सांसद उपस्थित रहेका थिए।
तामाङलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि अहिले श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी ठाकुरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान भइरहेको छ।
Shares

प्रतिक्रिया