राजनीति


योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

नेपालखबर
चैत २४, २०८२ मंगलबार १३:५१, काठमाडौँ

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई बताए। भट्ट राष्ट्र बैंकका पूर्व वरिष्ठ कार्यकारी निर्देशक (डिपुटी गर्भनर) हुन्।

नेपालका मौद्रिक नीति निर्माण, वित्तीय स्थायित्व अध्ययन तथा समष्टिगत अर्थतन्त्र विश्लेषणमा  दुई दशक लामो अनुभव छ। अर्थशास्त्रमा विशेष अध्ययन गरेका भट्ट शिक्षाविद्, नीति अनुसन्धानकर्ता र प्राविधिक विज्ञका रूपमा पनि चिनिन्छन्। 

उनले दर्जनौँ अनुसन्धान लेख तथा नीति विश्लेषणहरू प्रकाशित गरिसकेका छन्। डा. भट्ट राजनीतिकभन्दा बढी प्राविधिक क्षमता र संस्थागत निरन्तरतामा विश्वास राख्ने व्यक्तिका रुपमा चिनिन्छन्।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्र बैंकको गर्भनर बनाउने चर्चा भए पनि अन्तिममा विश्व पौडेल गर्भनर बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad