राजनीति


ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
चैत २२, २०८२ आइतबार १९:३५, काठमाडौँ

काठमाडौँ जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले थप अनुसन्धान गर्ने तथा प्रमाणहरु बुझ्ने समेतका अनुसन्धान सम्बन्धी थप कार्यहरु बाँकी नै रहेकाले हिरासतमा राख्न मनासिव देखिएको भन्दै म्याद थपको निर्णय गरेको हो। शनिबारबाट लागू हुनेगरी तेस्रो पटक ५ दिनको म्याद दिएको हो।

यसअघि पहिलो पटक ५ दिन र दोस्रो पटक २ दिनको म्याद दिएको थियो। दोस्रो पटक बिहीबार दुई दिन म्याद थप गर्दा अदालतले यसपछि स्वास्थ्य उपचारमा असर नपर्ने गरी अनुसन्धान अगाडि बढाउन भनेको थियो। ओली र लेखकको बयान पनि सकिएको छ। तर आइतबार न्यायाधीश पौडेलले भने स्वास्थ्य सम्बन्धी विषय नै उल्लेख गरेका छैनन्। 

ओली पक्राउ परेदेखि नै त्रिवि शिक्षण अस्पतालमा छन्। लेखकलाई प्रहरीको २ नं गणमा राखिएको छ। जेनजी आन्दोलनमा दमन गर्न आदेश दिएको आरोपमा उनीहरुलाई जाँचबुझ आयोगले कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सरकारले उनीहरु दुई जनामाथि कारबाही अगाडि बढाउन प्रहरीलाई लिखित निर्देशन दिएको थियो।

बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएकै दिन यस्तो निर्णय भएपछि भोलिपल्ट बिहानै दुवै जनालाई निवासबाट पक्राउ गरिएको थियो।

सरकारले अरुको हकमा भने तत्काल कारबाही अगाडि नबढाउने निर्णय गरेको छ। यसअघि पक्राउ परेका काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि त्यसैदिन छाडिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad