राजनीति


कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो पाँच सदस्यीय समिति

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो पाँच सदस्यीय समिति

नेपालखबर
चैत १९, २०८२ बिहिबार १८:१४, काठमाडौँ

नेपाली कांग्रेसले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ। 

वरिष्ठ अधिवक्ता यदुनाथ खनालको नेतृत्वमा पाँच सदस्य अध्ययन समिति गठन गरिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाएका छन्। समितिमा पूर्वन्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ताद्वय विनोद कार्की र रामचन्द्र गौतम (आरसी) तथा युवा अभियन्ता यजश्वी राई सदस्य रहेका छन्। 

गत भदौ २३ र २४ गतको भएको घटनाको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले गत फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो। त्यही प्रतिवेदनका आधारमा सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ। 

त्यही प्रतिवेदन अध्ययन गरेर राय, सुझावसहितको प्रतिवेदन बुझाउन कांग्रेसले समिति गठन गरेको हो। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad