नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले विगतमा केही भएन भन्ने भाष्यलाई चिर्न जरुरी रहेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस सांसद आङदेम्बेले यस्तो बताएका हुन्।
उनले यो अवधिमा जनताको पक्षमा धेरै काम भएको उल्लेख गर्दै १० वर्षे द्वन्द्व र कोरोना तथा शासकीय अवस्थाका कारण गर्न सक्नेजति काम गर्न नसकिएको बताए।
‘मुलुकको अर्थतन्त्र जोखिममा पुग्यो। अनेक कठिनका बीच केही राम्रा काम भएका छन्’ उनले भने, ‘गाउँमा आएको बाटो ०४६ पछि आएको हो कि होइन, घर घरमा बलेको बिजुली यही अवघिमा होइन र, यही अवधिमा धारा बनेका हानेइननर गाउँमा स्वास्थ्य चौकी।, दुर्गम गाउँमा हातहातमा पुगेको फोन यही अवधिमा पुगेको होइन र?’
उनले यो भन्दा बढी काम हुनुपर्ने भएपनि हुन नसकेको स्वीकार गरे।
‘हो, यो भन्दा बढी हुनुपथ्र्यो तर, अनेक कारण हुन सकेन। अर्काेतिर हामी आत्मलोचित छौँ। जे भए, हामी सबैको प्यासले भएको हो। केही पनि भएन भन्ने कुरा सत्यको जगमा छैन। यो संसदले नागरिकलाई विश्वासमा लिएर जानुछ’ उनले भने, ‘आज हामी यो बैठक यहाँनेर बसिराखेका छौँ। तर, यो बैठक बसेको हाम्रो संसद भवन होइन। हाम्रो संसद भवन भदौ २४ गते जल्यो। यो देशमा खरानी बनाउने कोही अघि नसरुन। किन भयो संसद किन जल्यो सिंहदबार?भदौ २३ र २४ गतेको घटनालाई एक एक केलाउन जरुरी छ।’
Shares

प्रतिक्रिया