प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)का सांसदले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाइ गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै एमालेका सांसदले उठेर विरोध जनाएका थिए। त्यसपछि प्रतिनिधि सभाको बैठक सञ्जालन गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले एमाले सांसद गुरु बराललाई बोल्न समय दिएका थिए।
संसदमा बोल्दै एमाले सांसद बरालले ओली र लेखकलाई गैरकानुनी रुपमा हिरासतमा राखेको जिकिर गरे। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी कार्यविधि १८१ र १८२ लाई गतल ढंगले प्रयोग गरेर बन्दी बनाइएको छ। यो गम्भीर आपत्तिको विषय छ,’ बरालले भने।
उनीहरूको रिहाइको माग गर्दै गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको उनको भनाइ थियो। प्रहरीको कुटपिटबाट सांसद साजिदा सिद्दिकी र विष्णुमाया विक घाइते भएको उनले उल्लेख गरे। त्यस्तै, सुर्खेतमा एमाले कार्यालयभित्र प्रवेश गरेर प्रहरीले कुटपिट गरेको उनले सुनाए।
ओली र लेखकलाई पक्राउ गर्नु निन्दनीय र आपत्तिजक भएको उल्लेख गर्दै बरालले भने, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तुरुन्त रिहाइको माग गर्दछौँ, घाइतेको उपचारको माग गर्दछौँ।’
Shares

प्रतिक्रिया