प्रतिनिधि सभाको पहिलो बैठक सिंहदरबारस्थित निर्माणाधीय संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा सुरु भएको छ।
आजको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरूले सम्बोधन गर्दै छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे, नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्दै छन्।
यस्तै स्वतन्त्र सांसद महावीर पुनले पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ। सचिवालयकाअनुसार बैठकमा सम्बोधन गर्ने नेताहरूलाई दलिय आधारमा बोल्ने समय निर्धारण गरिएको छ।
रास्वपालाई २५ मिनेट, कांग्रेसलाई १० मिनेट, एमालेलाई ८ मिनेट, नेकपा, श्रम संस्कृति र राप्रपालाई ७–७ मिनेट तथा स्वतन्त्र सांसद पुन लाई ५ मिनेटको समय निर्धारण गरिएको छ।

प्रतिक्रिया