नेकपा (एमाले) संसदीय दलको नेता चयन गर्न चुनावी प्रक्रिया सुरु गरिएको छ। आजै अपराह्न ४ बजे उम्मेदवारी दर्ता र आजै मतदान हुने भएको छ।
एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ र सुहाङ नेम्वाङले दाबी गरेका छन्। सहमति जुट्न नसकेपछि मतदानबाटै दलको नेता चुनिन लागेको हो।
एमाले केन्द्रीय कार्यालय, च्यासलमा आजै मध्याह्न सांसद बादलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा सर्वसम्मतबाट नेता चयन गर्ने प्रयास भएको थियो। तर, नेम्वाङले नमानेपछि चुनाव प्रक्रियामा गएको सांसद ऐनबहादुर महरले जानकारी दिए।
संसदीय दलको नेता चयन गर्न एमालेले केन्द्रीय सदस्य निरज आचार्यको संयोजकत्वमा निर्वाचन कमिटी गठन गरिएको छ। समिति चुनावी प्रक्रिया सुरु गरेको हो।
प्रतिनिधि सभामा एमालेका २५ सांसद रहेका छन्।
477
Shares

प्रतिक्रिया