राजनीति


शपथ गराउन ज्येष्ठ सांसद केसी पुगे संसद् भवन, सिंहदरबारमा नयाँ सांसदको चहलपहल

शपथ गराउन ज्येष्ठ सांसद केसी पुगे संसद् भवन, सिंहदरबारमा नयाँ सांसदको चहलपहल

ज्येष्ठ सांसद अर्जुन नरसिंह केसीले नयाँ सांसदहरुलाई शपथ गराउनेछन्। उनी संसद भवन पुगिसकेका छन्


नेपालखबर
चैत १२, २०८२ बिहिबार १३:२२, काठमाडौँ

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुको पद तथा गोपनीयताको शपथ सिंहदरबारस्थित संसद् भवनमा सुरू हुँदैछ। शपथका लागि सांसदहरू अहिले संसद् भवन पुग्ने क्रम जारी छ। संसद् परिसरमा नयाँ सांसदहरूको चहलपहल छ।  दिउँसो २ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनेछन्। उनी संसद भवन पुगिसकेका छन्।

संसद् सचिवालयका अनुसार यसपटक ६३ जना सांसदले नेपाली बाहेकका विभिन्न मातृभाषामा शपथ लिने तयारी गरेका छन्। कतिपय सांसदहरू आ–आफ्नो जातीय र सांस्कृतिक पहिचान झल्किने भेषभूषामा सजिएर संसद् भवन पुगेका छन्।

संघीय संसद् सचिवालयले शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको तस्बिरसहित २ घण्टा अगावै उपस्थित हुन सांसदहरूलाई सूचित गरेको थियो। शपथ ग्रहणलगत्तै सांसदहरूलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यतालिका छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad