राजनीति


नेपाली युवा अमृत झा इरानी सेनाको कब्जामा

नेपाली युवा अमृत झा इरानी सेनाको कब्जामा

नेपालखबर
चैत ६, २०८२ शुक्रबार १५:४८, काठमाडौँ

इरान र इजरायलबीच बढ्दो तनावका बीच खाडी क्षेत्रको रणनीतिक जलमार्ग 'होर्मुज' बाट एक नेपाली युवक इरानी सुरक्षा फौजको नियन्त्रणमा परेका छन्। इरानी सेनाले एउटा व्यापारिक जहाजलाई आफ्नो नियन्त्रणमा लिने क्रममा त्यसमा कार्यरत धनुषाका अमृत झालाई पनि पक्राउ गरेको हो।

परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले सो घटनाको पुष्टि गरे। खड्काका अनुसार, उक्त जहाजमा कार्यरत सबै 'क्रू मेम्बर' लाई इरानी पक्षले नियन्त्रणमा लिएको छ, जसमा झा पनि सामेल छन्।

अमृत झा उक्त जहाजमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत थिए। इरानी रिभोलुसनरी गार्ड्सले इजरायलसँग सम्बन्ध रहेको दाबी गर्दै उक्त जहाजलाई होर्मुज जलमार्गबाट आफ्नो नियन्त्रणमा लिएको थियो। झाका परिवारले उनी सम्पर्कविहीन भएपछि परराष्ट्र मन्त्रालयमा खोजीका लागि निवेदन दिएका थिए।

मन्त्रालयले तेहरानस्थित नेपाली दूतावासमार्फत उनको अवस्था बुझ्ने र रिहाइको पहल भइरहेको जनाएको छ।

होर्मुज एउटा साँगुरो तर विश्वकै सबैभन्दा महत्वपूर्ण सामुद्रिक जलमार्ग हो। यसले फारसको पर्सियन गल्फलाई ओमानको खाडी र अरब सागरसँग जोड्दछ।

झा जस्तै धेरै नेपालीहरू अन्तर्राष्ट्रिय 'मर्चन्ट नेभी' वा ठूला कार्गो जहाजहरूमा कुक, मेकानिक र सुरक्षा गार्डका रूपमा काम गर्छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad