राजनीति


मधेस केन्द्रित दलले भने- बालेनलाई प्रधानमन्त्रीको रुपमा हेर्न पाउनु हर्षको विषय

मधेस केन्द्रित दलले भने- बालेनलाई प्रधानमन्त्रीको रुपमा हेर्न पाउनु हर्षको विषय

नेपालखबर
फागुन २९, २०८२ शुक्रबार १९:२५, काठमाडौँ

मधेस केन्द्रित ६ दलीय मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेनद्र शाह (बालेन)लाई प्रधानमन्त्रीका रुपमा हेर्न पाउनु हर्षको विषय भएको जनाएको छ। 

शुक्रबार जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको संघीय लोकतान्त्रिक मोर्चाको बैठकले प्रतिनिधि सभाको निर्वाचनको समीक्षा गरेको हो। मोर्चामा जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा रहेका छन्। 

बैठकले मधेसी, थारू लगायत उत्पीडित जनताले देशको कार्यकारी प्रमुख बन्ने लामो समयदेखि सपना देखेको स्मरण गरेको छ। ‘विगत लामो समयदेखि मधेसी, थारू लगायत उत्पीडित जनताले देशको कार्यकारी प्रमुख बन्न देखेको सपना र संघर्ष तथा बलिदानको परिणाम स्वरुप फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा मधेसी सपुत मा. बालेन्द्र शाह (बालेन) को नेतृत्वलाई आम जनताले व्यापक जनसमर्थन प्रदान गरेकाले निजलाई प्रधानमन्त्रीको रुपमा हेर्न पाउनु हामी लामो समयदेखि संघर्षरत मधेसी, थारू, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको निम्ति हर्षको विषय हो,’ मोर्चाले भनेको छ। 

उनीहरूले शाहले शुभकामना दिएका छन्। बैठकको निर्णयमा भनिएको छ, ‘यो बैठक मा. बालेनजीलाई अग्रिम शुभकामना र बधाई ज्ञापन गर्दछ।’

अब बन्ने सरकारले आफूहरूले उठाउँदै आएका मुद्दा सम्बोधन गर्ने मोर्चाले विश्वास गरेको छ। ‘नेपाली जनताले विगत लामो समयदेखि गरेको संघर्ष र बलिदानबाट स्थापित गणतन्त्र, संघीइता, लोकतन्त्र, समावेशीता लगायतको प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै संविधान संशोधन, सिमांकन हेरफेर, जनसंख्इाको आधारमा प्रतिनिधित्व, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संघीयतालाई अझ बलियो बाउने लगायतका मुद्दाहरूको सम्बोधन हुने विश्वास समेत व्यक्त गर्दछौँ,’ बैठकको निर्णयमा भनिएको छ। 

यससँगै मोर्चाको बैठकले महन्थ ठाकुर राष्ट्रिय सभाको सदस्य निर्वाचित भएकोमा बधाई दिँदै शुभकामना दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad