राजनीति


३ दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन आयोगको आग्रह

३ दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन आयोगको आग्रह

नेपालखबर
फागुन २८, २०८२ बिहिबार २०:३३, काठमाडौँ

निर्वाचन आयोगले थ्रेस होल्ड कटाउन दलहरूलाई ३ दिनभित्र उम्मेदवारको नाम पठाउन भनेको छ। 

समानुपातिकमा ६ दलले पाउने सिट संख्या निर्धारण गरी आयोगले सो आग्रह गरेको हो। आयोगले ६ वटै दललाई पत्राचार गरेको छ। 

समानुपातिकतर्फको मतगणना सकिएपछि निर्वाचन आयोगले सिट संख्या निर्धारण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। निर्वाचन कानुनअनुसार, समानुपातिकमा ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत कटाउने ६ दलको सिट निर्धारुण गरिएको भट्टराईले बताए। 

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा (एमाले)लाई १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई ९, श्रम संस्कृति पार्टीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ४ सिट निर्धाण गरेको हो। 

आयोगका अनुसार, समानुपातिकमा एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। त्यसमध्ये एक करोड ८ लाख ३५ हजार २५ अर्थात ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ। 

त्यस्तै, प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो। त्यसमध्ये ९४.५५ प्रतिशत अर्थात एक करोड ५ लाख ५९ हजार १७ मत सदर भएको आयोगले जनाएको छ। 

प्रतिनिधि सभा निर्वाचनमा एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad