राजनीति


साझा प्रयासबाट ऐतिहासिक उपलब्धि सम्भव भयो: गृहमन्त्री अर्याल

साझा प्रयासबाट ऐतिहासिक उपलब्धि सम्भव भयो: गृहमन्त्री अर्याल

नेपालखबर
फागुन २७, २०८२ बुधबार १७:१०, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले साझा प्रयासबाट नै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको बताएका छन्। 

बुधबार केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोस्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीको भर्चुअल बैठकमा अर्यालले निर्वाचन पश्चात संविधानले सहि बाटो समातेको र राजनीतिक सुशासनको जग बसालिएको बताए।

यस ऐतिहासिक उपलब्धिको हिस्सेदार केन्द्रमा रहेर काम गर्नेदेखि फिल्डमा खटिनेसम्म सबै तह र तप्कामा रहेका कर्मचारी रहेको उनको भनाइ थियो। ‘सामूहिक र साझा प्रयासबाट मात्र यस ऐतिहासिक उपलब्धि हासिल गर्न सम्भव भएको हो,’ अर्यालले भने। 

प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न भएकोमा अर्यालले केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोस्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई धन्यवाद दिएका छन्। 

बैठकमा गृहसचिव राजकुमार श्रेष्‍ठ, चार वटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू पनि सहभागी थिए। भर्चुअल बैठकमा बोल्दै गृहसचिव श्रेष्‍ठले सबैले आ–आफ्नो व्यावसायिक निष्‍ठा कायम गरी असल नियतका साथ फिल्डमा निष्पक्ष भएर जिम्मेवारी पूरा गरेकाले अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट समेत उच्च प्रशंसा प्राप्त भएको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad