राजनीति


प्रत्यक्षमा ७ सिट जितेको नेकपाले समानुपातिकमा कटायो ६ लाख मत, अरु दलको कति?

प्रत्यक्षमा ७ सिट जितेको नेकपाले समानुपातिकमा कटायो ६ लाख मत, अरु दलको कति?

नेपालखबर
फागुन २५, २०८२ सोमबार १२:२०, काठमाडौँ

प्रत्यक्षतर्फ ७ क्षेत्रमा जित निकालेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फ अहिलेसम्म ६ लाख भन्दा धेरै मत प्राप्त गरेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ सोमबार दिउँसो १२ बजेसम्मको गणनामा नेकपाले ६ लाख ४ हजार ९४३ मत पाएको हो। 

प्रत्यक्षमा अहिलेसम्म १२४ क्षेत्रमा जित निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि लोभलाग्दो मत पाइरहेको छ। रास्वपाले अहिलेसम्मम ४१ लाख २७ हजार भन्दा धेरै मत प्राप्त गरेको आयोगले जनाएको छ।

त्यसैगरि नेपाली कांग्रेसले १३ लाख ८४ हजार ५६४ मत प्राप्त गर्दा एमालेले ११ लाख ६७ हजार ९६५ मत ल्याएको छ। 

हर्क सामपाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि समानुपातिक तर्फ २ लाख ९९ हजार भन्दा धेरै मत पाएको छ। राप्रपाले २ लाख ८० हजार ९६९, जसपाले १ लाख २९ हजार ९४२ र रापपाले १ लाख २४ हजार ५८४ मत पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad