राजनीति


गगनलाई अमरेशको खुलापत्र: कांग्रेसलाई बदल्न खोज्नुभयो तर आफू बदलिन सक्नुभएन

गगनलाई अमरेशको खुलापत्र: कांग्रेसलाई बदल्न खोज्नुभयो तर आफू बदलिन सक्नुभएन

नेपालखबर
फागुन २४, २०८२ आइतबार २०:५०, काठमाडौँ

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुरमा सिंहले आफूले भारी मतान्तरले हराएका नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै खुलापत्र लेखेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत सिंहले सर्लाहीमा चुनाव लड्न आएकामा धन्यवाद भन्दै गगनलाई भ्रष्टहरूसँग मिलेर उम्मेदवार बनेको र आफ्नो निजी जीवन र परिवारविरुद्ध टिप्पणी गर्न लगाएको आरोप लगाएका हुन्। 

खुलापत्रमा सिंहले कांग्रेस बदल्न खोजेको तर आफू बदलिन नसकेको टिप्पणी पनि गरेका छन्। ‘सबैभन्दा पहिला तपाईंलाई धन्यवाद दिन चाहन्छु कि तपाईंले सर्लाहीमा आएर चुनाव लडनुभो। तपाईं आफैँ (एक्लै) आएको भए चुनाव रोचक हुने थियो तर तपाईं भ्रष्टहरूद्वारा आयातीत उम्मेदवार हुनुभयो। त्यति मात्र हैन, ती भ्रष्टहरूलाई नै मविरुद्ध मेरो निजी र परिवारिक जिवनमाथि आफूखुसी टिप्पणी गर्न लगाउनुभयो। खैर, त्यसले केही फरक त परेन तर राजनीति भनेको सिद्धान्त र एजेन्डामा हुनुपर्छ भन्ने मेरो विश्वास छ’, सिंहले लेखेका छन्, ‘तपाईं कांग्रेस परिवर्तन गर्न खोज्नुभयो तर आफू परिवर्तन हुन सक्नुभएन। तपाईंको आगामी राजनीति सफा र स्वच्छ होस् भनी कामना गर्दछु।’

यस्तो छ अमरेशको पूरा पत्र:

मेरा मित्र गगन थापाजीलाई खुलापत्र
प्रिय मित्र गगन थापाजी,
सबैभन्दा पहिला तपाईंलाई धन्यवाद दिन चाहन्छु कि तपाईंले सर्लाहीमा आएर चुनाव लडनुभो। तपाईं आफैँ आएको भए चुनाव रोचक हुने थियो तर तपाईं भ्रष्टहरूद्वारा आयातीत उम्मेदवार हुनुभयो। त्यति मात्र हैन, ती भ्रष्टहरूलाई नै मविरुद्ध मेरो निजी र परिवारिक जिवनमाथि आफूखुसी टिप्पणी गर्न लगाउनुभयो। खैर, त्यसले केही फरक त परेन तर राजनीति भनेको सिद्धान्त र एजेन्डामा हुनुपर्छ भन्ने मेरो विश्वास छ। अब चुनावको यो तिता कुरा छोडौँ। अब देश निर्माणमा रास्वपा अगाडि बढिसक्यो। आउने दिनमा तपाईंसँग पनि विभिन्न मुद्दामा सहकार्य हुन सक्ला। अब भ्रष्टहरूलाई ठेगान लगाउने जनमत रास्वपाले पाएको छ। तपाईं पनि ती भ्रष्टहरूको साथ छोडेर स्वच्छ राजनीति गर्नुहुन्छ भन्ने पूर्ण आशा गरेको छु। तपाईं कांग्रेस परिवर्तन गर्न खोज्नुभयो तर आफू परिवर्तन हुन सक्नुभएन। तपाईंको आगामी राजनीति सफा र स्वच्छ होस् भनी कामना गर्दछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad