प्रतिनिधि सभा निर्वाचन हार्नासाथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीका नेताले राजीनामा माग्न थालेका छन्।
यसपटक ओली झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग झन्डै ५० हजार मतले पछि पर्दै नमज्जासँग हारेका छन्। विजयी बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमा सीमित भएका छन्।
यसैबिच एमालेका निवर्तमान केन्द्रीय सल्लाहकार कृष्ण दाहालले ओलीलाई नैतिकताका आधारमा पार्टी अध्यक्ष पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
दाहालले शनिबार सामाजिक सञ्जालमार्फत अपिल गरेका छन्, ‘राजनीतिमा नैतिकता हुनुपर्छ। ०६४ मा नेकपा एमालेले निर्वाचन हार्दा पार्टी प्रमुखको नाताले तात्कालीन महासचिव माधवकुमार नेपालले पार्टी पराजयको जिम्मेवारी लिँदै नैतिकताको आधारमा राजीनामा दिएकै हुन्। तसर्थ नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीज्यूलाई पार्टी पराजयको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामा दिन अनुरोध गर्दछु।’
Shares

प्रतिक्रिया