राजनीति


सर्लाही ३ मा रास्वपाका नरेन्द्र साहसँग ११ हजार ७ सय मतले पछि परे नारायणकाजी

अघिल्लो निर्वाचनमा ३२९३८ मत ल्याएर विजयी भएका एमालेका उप्रेतीलाई जम्मा १९ सय भोट
सर्लाही ३ मा रास्वपाका नरेन्द्र साहसँग ११ हजार ७ सय मतले पछि परे नारायणकाजी

नेपालखबर
फागुन २३, २०८२ शनिबार ७:२४, काठमाडौँ

सर्लाही क्षेत्र नम्बर ३ मा नेकपाका नारायणकाजी श्रेष्ठ रास्वपाका उम्मेदवारसँग भारी मतान्तरले पछि परेका छन्। 

रास्वपाका नरेन्द्र साह कलवारले श्रेष्ठलाई ११ हजार ७०१ मतले पछि पारेका हुन्। 

पछिल्लो मत परिणामअनुसार साहले १७ हजार २६९ मत पाउँदा श्रेष्ठले ५ हजार ५६८ मत ल्याएका छन्। 

०७९ सालको निर्वाचनमा सर्लाहीबाट एमालेका हरि उप्रेती विजयी भएका थिए। यो क्षेत्रमा यसपटक पनि एमालेले उनै उप्रेतीलाई उम्मेदवार बनाएको थियो। उनले अहिलेसम्म जम्मा १९ सय मत पाएका छन्।

उतीबेला उप्रेती ३२ हजार ९३८ मत ल्याई विजयी तत्कालीन माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत ल्याएर दोस्रो भएका थिए। यस पटक उनै कलवारले नेकपा छाडेर नारायणकाजीलाई चुनाैती दिएका हुन्। 

यहाँ कांग्रेसका विनोदकुमार खनालले अहिलेसम्म २५ सय ६५ मत मात्रै पाएका छन्।  

हरिवनस्थित नापी कार्यालयको सभा हलमा सर्लाही ३ को मतगणना जारी छ। सर्लाही ३ मा एकलाख ३४ हजार ४१२ मतदातामध्ये ८२ हजार २७२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad