श्रम संस्कृति पार्टीले चार स्थानमा अग्रता लिएको छ। सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ दोस्रो स्थानमा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले ४६१ मत ल्याउँदा साम्पाङको १५४ मत आएको छ। तर, कोसी प्रदेशमा साम्पाङको पार्टीले कांग्रेस, एमाले र नेकपाभन्दा राम्रो मत पाइराखेको छ।
पाँचथरमा श्रम संस्कृतिका हस्त राज शेर्मा, भोजपुरमा ध्रुवराज राई धनकुटामा सान बहादुर राई र उदयपुर २ मा वलराज राईको अग्रता छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी प्रदेशका २८ सीटमा अहिलेसम्म १६ सिटमा अग्रता लिएको छ भने एमाले र एमालेले १–१ क्षेत्रमा अग्रता लिएको छ।
बाँकी क्षेत्रमा मतगणनाको अपडेट आएको छैन। समानुपातिकको प्रारम्भिक मतगणनामा पनि साम्पाङको श्रम संस्कृति पार्टीले चौथो स्थानमा छ।
1.6k
Shares

प्रतिक्रिया