सुदूरपश्चिमका १२ निर्वाचन क्षेत्रमा मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमका ६ क्षेत्रमा अग्रता कायम गरेको छ।
रास्वपाले कञ्चनपुर १, २ र ३, कैलाली १, ५ र डडेल्धुरामा अग्रता कायम राखेको छ। यस्तै, नेकपा एमालेले मतगणना जारी १२ क्षेत्रमध्ये ३ क्षेत्रमा अग्रता कायम राखेको छ।
एमालेले कैलाली २, अछाम २ र डोटीमा सुरुवाती अग्रता कायम राखेको छ। यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार २ क्षेत्रमा र कांग्रेसका उम्मेदवार १ क्षेत्रमा अग्रस्थानमा छन्।
नेकपाले अछाम १ र कैलाली ३ मा अग्रस्थानमा रहँदा कांग्रेसले बैतडीमा अग्रस्थान कायम राखेको छ।
कञ्चनपुर क्षेत्र नम्बर १
रास्वपाका जनकसिंह धामी, ४७०२ मत
नेकपाकी बिना मगर , १८३८ मत
कञ्चनपुर क्षेत्र नम्बर २
कांग्रेसका एनपी साउँद, २९१५ मत
नेकपाका माधव प्रसाद पन्त, १९५८ मत
कञ्चनपुर क्षेत्र नम्बर ३
रास्वपाका ज्ञानेन्द्र महता, ३४२५ मत
कांग्रेसका हरिप्रसाद बोहरा, १४९५ मत
एमालेका दीपक प्रकाश भट्ट, १४३३ मत
कैलाली १
रास्वपाकी कोमल ज्ञवाली, २७२५ मत
कांग्रेसका जनकराज चौधरी, २५७६ मत
स्वतन्त्र फागुराम थारु, १५८७ मत
कैलाली २
एमालेका सूर्यबहादुर थापा, ९३३ मत
कांग्रेसका बिजयबहादुर स्वाँर, ८१० मत
नेकपाका नन्दबहादुर साउँद, ८०५ मत
कैलाली ३
नेकपाका विरमान चौधरी, १८१५ मत
रास्वपाका जगतप्रसाद जोशी, १४१० मत
नाउपा नेपालका विक्रम चौधरी, ९८१ मत
कैलाली ५
रास्वपाका आनन्द बहादुर चन्द, ६०७३ मत
कांग्रेसका नरनारायण शाह, २३४८ मत
एमालेका यज्ञराज ढुंगाना, १५२० मत
डडेल्धुरा
रास्वपाका ताराप्रसाद जोशी, ३४०७ मत
कांग्रेसका नैनसिंह महर, २०४० मत
नेकपाका मानसिंह माल, १६४९ मत
बैतडी
कांग्रेसका चतुरबहादुर चन्द, ४४४ मत
रास्वपाका हरिमोहन जोशी, ४३५ मत
एमालेका दामोदर भण्डारी, ३६० मत
अछाम १
नेकपाका भीमबहादुर रावल, ९५२ मत
कांग्रेसका भरतबहादुर स्वाँर, ७३२ मत
एमालेका दीपकबहादुर साउँद, ७१३ मत
अछाम २
एमालेका यज्ञबहादुर बोगटी, ७२६ मत
कांग्रेसका पुष्पबहादुर शाह, ४३३ मत
रास्वपाका भूपदेव शाह, ३५५ मत
डोटी
एमालेका दीपकबहादुुर धामी, १७९४ मत
नेकपाका चिलोचन भट्ट, १३१२ मत
कांग्रेसका भरतबहादुर खड्का, १२७६ मत
Shares

प्रतिक्रिया