बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलको 'किल्ला' मानिने रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले मतान्तरलाई अपत्यारिलो ढंगले बढाएका छन्। ३३ हजार ६६७ मत गणना हुँदा सुलभले प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाडेका हुन्।
पछिल्लो परिणामअनुसार सुलभ खरेलले २२ हजार ५६४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हेभीवेट उम्मेदवार विष्णु पौडेल मात्र ४ हजार ८९७ मतमा खुम्चिएका छन्। सुलभ र विष्णुबीचको मतान्तर झण्डै १८ हजार पुगेको छ।
त्यस्तै, नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेल ३ हजार १३९ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपाका विश्वदीप पाण्डेले ५७८ मत पाएका छन्।
बुटवलमा देखिएको यो नतिजाले पुराना दलहरूको साख नराम्ररी हल्लिएको छ। सुलभको यो आक्रामक अग्रताले रास्वपाको जित निश्चितप्रायः देखिएको छ।
Shares

प्रतिक्रिया