जेनजी अगुवा तनुजा पाण्डेले आज अर्थात् फागुन २२ गते सार्वजनिक हुनुपर्ने प्रतिवेदनको विषयमा प्रश्न गरेकी छिन्।
जेनजी आन्दोलन भदौ २३ र २४ गते भएको घटनाको सत्य तथ्य छानबिनको लागि बनेको कार्की आयोगको प्रतिवेदनको विषयमा प्रश्न गरेकी हुन्।
‘गौरी बहादुर कार्की आयोगको प्रतिवेदन खोइ? पण्डेको प्रश्न छ। असोज ८ गते तीन महिनाको म्याद दिएर गठन भएको कार्की आयोगको म्याद सरकारले पहिलो पटक ३ पुस २०८२ मा १ महिनाका लागि थप गरेको थियो।
दोस्रो पटक ८ माघमा २० दिनका लागि म्याद थपिएको थियो भने तेस्रो पटक फेरि २५ दिनका लागि म्याद थप भएको हो। उक्त मिति आजकै हो।
प्रतिवेदनको प्रतिक्षामा बसेका तनुजा लगायतका अन्य जेनजीले पनि अहिले प्रश्न गरिरहेका छन्।
तनुजाले आफूहरू यस विषयमा जान्न चाहिरहेको बताउछिन्। यो आजको दिनको प्रतिक्षा मात्र नभइ न्याय र सत्यको प्रतिक्षा रहेको बताएकी हुन्। उनले आफूहरू माथि धोका नहोस् भनेकि छिन्।
Shares

प्रतिक्रिया