रामेछापमा एकसय तीन वर्षीया एक महिलाले मतदान गरेकी छन्।
रामेछाप नगरपालिका–७ निवासी एकसय तीन वर्षीया मह कुमारी मगरले प्रतिनिधि सभा निर्वाचनमा मतदान गरेकी हुन्।
उनले रामेछाप नगरपालिका–७ स्थित हिलेपानी मतदान केन्द्रमा पुगेर आफ्नो मत खसालेकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
लौरीको सहारामा मतदान केन्द्र पुगेकी महकुमारीले उत्साहका साथ मत खसालेकी छन्।
उमेरले सय वर्ष नाघे पनि आफूले लोकतान्त्रिक अधिकार प्रयोग गरेको उनले बताइन्।
रामेछापमा हालसम्म ६ प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि मतदान सुरु भई शान्तिपूर्ण रुपमा जारी रहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए।
72
Shares

प्रतिक्रिया