राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँबाट मतदान गर्दैछन्।
झापा–५ बाट उम्मेदवारी दिए पनि उनको मतदाता नामावली काठमाडौँमै छ।
सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट उनले मतदान गर्ने बालेनको सचिवालयले जनाएको छ।
मतदान लगत्तै उनी हवाइ मार्ग हुँदै झापा ५ जाने छन्। ‘मतदान लगत्तै उहाँ झापा जानुहुन्छ। प्लेन चल्यो भने प्लेनमा नभए हेलिकोप्टरबाट भएपनि उहाँ झापा पुग्नुहुन्छ’ बालेनको सचिवालयलका एक सदस्यले भने, ‘उहाँ आज सकभर आफ्नो निर्वाचन क्षेत्रका सबै स्थानीय तहमा पुग्नुहुन्छ। चारवटै पालिकाका मतदाता भेट्नुहुनेछ।’
रास्पाले बालेनलाई आगामी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ। बालेन पहिलो पटक प्रतिनिधि सभाको चुनाव लड्दैछन्।
153
Shares

प्रतिक्रिया