नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आउँदो निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो पार्टीको रुपमा आउन लागेको बताएका छन्।
सोमबार साँझ कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरेर उपसभापति शर्माले चुनावी यात्राबारे जानकारी गराएका हुन्।
सञ्चारकर्मीले सोधेको एक प्रश्नको जवाफमा शर्माले भने, ‘फागुन २१ गतेको निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो दलका रुपमा आउँदै छ।’
देशभरबाट आइरहेको रिपोर्टका आधारमा कांग्रेस ठूलो दल बन्न लागेको उनले सुनाए। ‘प्रत्यक्ष र समानुपातिक दुवैमा सबभन्दा ठूलो दल बन्दै छ’, शर्माले भने।
सञ्चारकर्मीले सिट संख्या सोधे पनि उनले अहिले भन्न उपयुक्त नहुने बताए। आफ्नो र दोस्रो हुने दलबीच धेरै फरक हुने उनको भनाइ थियो। ‘कुनै पनि दोस्रो दलभन्दा धेरै अगाडि हुन्छौँ,’ उनले भने।
Shares

प्रतिक्रिया