राजनीति


चुनावी मैदानमा नदेखिएका पूर्णबहादुरले सामाजिक सञ्जालमार्फत मागे कांग्रेसलाई भोट

चुनावी मैदानमा नदेखिएका पूर्णबहादुरले सामाजिक सञ्जालमार्फत मागे कांग्रेसलाई भोट

फाइल तस्बिर


नेपालखबर
फागुन १७, २०८२ आइतबार १०:४३, काठमाडौँ

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ को निर्वाचनमा रुख चिन्हमा मतदान गर्न सबैलाई आह्वान गरेका छन्। 

गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिले मान्यता पाएपछि चुनावी मैदानमा नदेखिएका खड्काले आइतबार बिहान सामाजिक सञ्जालमार्फत ‘प्रत्यक्ष र समानुपाति दुबै मत पत्रमा  रुख चुनाव चिन्हमा मतदान’ यसका लागि अनुरोध गरेका हुन्। 

‘फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेश लगायत सातै प्रदेशका सबै मतदान केन्द्रमा जानुभइ प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फका दुबै मतपत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह रुखमा आफ्नो बहुमुल्य मतको स्वस्तिक छापको लालमोहर लगाइ भारी बहुमतका साथ विजयी गराइ दिनु हुन हृदयदेखिनै हार्दिक बिनम्र अनुरोध गर्दछु,’ उनले लेखेका छन्। 

विशेष महाधिवेशन अवैध भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गराएका खड्काले माघ ६ गते उम्मेदवार बन्न नैतिकताले नमिल्ने बताएका थिए। २०४८, २०५१, २०५६ मा सुर्खेत १ बाट चुनाव जितेका खड्का २०६४ सालमा समानुपातिक सांसद बनेका थिए। 

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा जितेका खड्का २०७४ मा भने पराजय भोगे। गठबन्धनबाट २०७९ को चुनावमा सुर्खेत १ बाट निर्वाचित उनी अहिले चुनावी मैदानमा छैनन्। खड्काको क्षेत्रमा उनका भाइ विष्णु खड्का कांग्रेसको उम्मेदवार छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad