राजनीति


अबको पाँच वर्ष नेपालको स्वर्णिम काल बनाउँछौँ: गगन थापा

अबको पाँच वर्ष नेपालको स्वर्णिम काल बनाउँछौँ: गगन थापा

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १५:१९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले अबको पाँच वर्ष स्वर्णिम काल बनाउने वाचा गरेका छन्। 

बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले आगामी पाँच वर्ष परिवर्तनको वर्ष बनाउनुपर्ने बताएका हुन्। ‘२०८२ देखि २०८७ सम्मको अबको पाँच वर्ष नेपालको स्वर्णीम काल बनाउँछौँ,’ थापाले भने, ‘पेटमा भोक छ, आँखामा सपना छ। उड्न चाहन्छौँ र जमीन छोडेका छैनौँ।’

परिवर्तनको वर्ष बनाउने सपना र योजना रहेको उनको भनाइ थियो। ‘सबै नागरिकले पेटभरी खान पाउनु, कसैले उपचार गर्दा एक रुपैयाँ तिर्न नपरोस्, कसैले पढ्दा एक रुपैयाँ तिर्नु नपरोस्, यही सपना हो,’ थापाले भने। 

अबका पाँच प्रयोगमा फाल्नु नहुने उनको भनाइ थियो। ‘पाँच वर्ष अर्को प्रयोग नगरौँ, परिवर्तनको वर्ष बनाउने हो,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad