राजनीति


गृहमन्त्रीको आत्मविश्वास: लुटिएका हतियारको छैन डर, निर्वाचन हुन्छ अब घर-घर

गृहमन्त्रीको आत्मविश्वास:  लुटिएका हतियारको छैन डर, निर्वाचन हुन्छ अब घर-घर

गृहमन्त्री ओमप्रकाश अर्याल


नेपालखबर
फागुन १०, २०८२ आइतबार १९:३०, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएकाले ढुक्क भएर मतदान गर्न नागरिकलाई आग्रह गरेका छन्। मन्त्री अर्यालले निर्वाचनलाई स्वच्छ र भयमुक्त बनाउन सरकारले एकीकृत सुरक्षा योजना लागू गरिसकेको बताए।

"सरकारको प्राथमिकता तोकिएकै मितिमा निर्वाचन गराउनु हो," मन्त्री अर्यालले भने, "सुरक्षा संवेदनशीलताका आधारमा देशैभरि सेना, प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरिएको छ। मतदाताले कुनै डर मान्नुपर्दैन।"

हालैका केही झडपहरूलाई गृह प्रशासनले नियन्त्रणमा लिइसकेको उल्लेख गर्दै उनले ती घटनाले निर्वाचनलाई असर नगर्ने प्रस्ट पारे।

विशेषगरी गत भदौको 'जेनजी' आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीबारे उठेका प्रश्नमा राष्ट्रिय समाचार समितिसँग उनले भने, "धेरैजसो हतियार र कैदी फिर्ता भइसकेका छन्, बाँकी रहेकाहरूबाट पनि अब सुरक्षा खतरा छैन। सुरक्षाकर्मी उच्च सतर्कतामा छन्।"

निर्वाचन सार्ने चर्चालाई 'भाष्य' मात्र भन्दै उनले फागुन २१ गतेको मितिबाट पछि हट्ने छुट सरकारलाई नभएको बताए। संसद विघटनको ६ महिनाभित्र चुनाव गराउनुपर्ने संवैधानिक बाध्यता रहेको स्मरण गराउँदै उनले यसलाई सरकारको 'निष्ठाको जाँच' समेत भनेका छन्।

"हामीले समयमै निष्पक्ष निर्वाचन गराउने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने शपथ खाएका छौँ," उनले थपे, "निर्वाचन सार्ने षड्यन्त्रलाई राज्य संयन्त्रले निस्तेज पार्नेछ।" गृहमन्त्री अर्यालले यो निर्वाचनले प्रजातान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण रूपमा सहभागी हुन अपिल समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad