राजनीति


नयाँको नाममा भ्रममा परे ‘कराहीको माछो भुंग्रोमा’ होलाः मनोज भट्ट

नयाँको नाममा भ्रममा परे ‘कराहीको माछो भुंग्रोमा’ होलाः मनोज भट्ट

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार २१:५८, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नयाँ दलका नाममा जनता भ्रममा पर्न नहुने स्पष्ट पारेका छन्।

डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका भट्टले घरदैलोका क्रममा जनताले सही पार्टी र उम्मेदवार छनौट गर्न नसके देश झन् ठूलो भड्खालोमा पर्ने बताए।

बडिकेदार गाउँपालिकाका विभिन्न वडामा मतदातासँग भेटघाट गर्दै भट्टले नयाँका नाममा जनता भ्रममा पर्न नहुने बताए। 
उनले पुराना दलले भ्रष्टाचार गरे वा सुशासन दिन सकेनन् भन्ने बहानामा बुझ्दै नबुझि नयाँ दल रोज्नु भनेको देशको राष्ट्रियता थप खतरामा पर्नु रहेको जिकीर गरे। 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपातर्फ लक्षित गर्दै महासचिव भट्टले भने, ‘आफूलाई नयाँ भनिएका दल जसले सिंहदरबार जस्तो राष्ट्रको धरोहर जलाएका छन्, तिनले देश हितमा काम गर्नै सक्दैनन्। पुरानाले भ्रष्टाचार गरे, सुशासन दिन सकेनन् भन्ने कुरा सही हो। तर, तिनिहरूको विकल्प देशहित विपरित काम गर्नेहरू हुनै सक्दैनन्।’ 

उनले थपे, ‘पुराना भ्रष्ट भए, सुशासन दिन सकेनन् भनेर नयाँ रोजे कराहीको माछो भुंग्रोमा ‍परेजस्तो होला।’

भट्टले कांग्रेस, एमाले, नेकपा जस्ता दलहरूको विकल्प आफ्नो पार्टी भएको जिकीर पनि गरे।

प्रचारका क्रममा जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीले आफ्नो दल लोकतन्त्र र गणतन्त्रका लागि लडेको, अहिलेसम्म कुनै भ्रष्टाचारमा नमुछिएको, विकास र समृद्धिको स्पष्ट खाका तय गरेको भन्दै आफ्ना उम्मेदवारलाई भोट दिन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad