राजनीति


एमालेको झण्डा जलाउनेलाई तत्काल कारबाही गर्न नेसनल भोलेन्टियर्स फोर्सको चेतावनी

एमालेको झण्डा जलाउनेलाई तत्काल कारबाही गर्न नेसनल भोलेन्टियर्स फोर्सको चेतावनी

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १५:१६, काठमाडौँ

नेकपा (एमाले) को युवा संगठन नेसनल भोलेन्टियर्स फोर्सले पार्टीको झण्डा जलाउनेलाई तत्काल कानुनी कारबाहीको दायरमा ल्याउन माग गरेको छ।

फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गरी झण्डा जलाउनेलाई कानुनी कारबाही नभए ‘नेसनल भोलेन्टियर फोर्स अन्याय, अराजकता र चरित्रहत्याविरुद्ध सशक्त रूपमा उभिने’ चेतावनी दिएका छन्।

हिजो दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले एमालेको झण्डा जलाएको तथा एमाले नेतृत्वविरुद्ध अपशब्दसहित नाराबाजी गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एमालेजन आक्रोशित बनेका छन्।

‘राजनीतिक असहमति विचार र बहसबाट व्यक्त गरिन्छ, आगो र अराजकताबाट होइन। झण्डा जलाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्य लोकतान्त्रिक होइन, अराजक मानसिकताको प्रतीक हो’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो प्रवृत्तिले राजनीतिक संस्कारलाई ध्वस्त पार्ने मात्र होइन, सामाजिक सद्भावसमेत बिगार्ने खतरा पैदा गर्दछ भन्ने त्यो बेहोस भिडलाई जानकारी नहुन सक्छ। उक्त घटनाको तत्काल छानबिन गरियोस्, यस्ता अराजक गतिविधि दोहोरिन नदिन राज्य संयन्त्र सक्रिय बनोस् र संलग्न व्यक्तिहरूमाथि कडा कानूनी कारबाही गरियोस्।’ 

नेसनल भोलेन्टियर फोर्सका कमान्डर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा यस प्रकारका निर्वाचन बिथोल्ने कार्यप्रति राज्य संयन्त्र मौन बस्छ भने त्यसले कानूनप्रति जनविश्वास गम्भीर रूपमा कमजोर बनाउने जनाएका छन्। 

‘राज्यले यो घटनालाई नजरअन्दाज गर्छ र अपराधिक मानसिकता बोकेको जत्थालाई तत्काल कारवाहीको दायरामा ल्याएन भने नेशनल भोलेन्टियर फोर्स अन्याय, अराजकता र चरित्रहत्या विरुद्ध सशक्त रूपमा उभिनेछ’ विज्ञप्तिमा भनिएको छ, ‘हामी राष्ट्रिय स्वाभिमान, विधिको शासन र राजनीतिक मर्यादाको रक्षाका खातिर अराजकहरु विरुद्ध सशक्त प्रतिवादमा उत्रने चेतावनी दिन चाहन्छौं।’

यस्तै, एमालेको नेपाल खेलकुद महासंघले पनि झण्डा जलाउनेलाई २४ घण्टाभित्र कारबाही गर्न चेतावनी दिएको छ।

‘२४ घण्टाभित्र सम्बन्धित दलको तर्फबाट माफीसहित आत्माआलोचना नगरेमा उत्पन्न हुनसक्ने सबै परिस्थितीको सामना गर्न’ चेतावनी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad