आज ७५ औँ प्रजातन्त्र दिवस। महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षको वलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजान्त्र स्थापना भएको थियो।
सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै हरेक वर्ष नेपालमा विविध कार्यक्रमसहित प्रजातन्त्र दिवस मनाइन्छ।
प्रजातन्त्र दिवसको अवसरमार सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले बिहीबार सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की लगायतको सहभागीतामा विशेष कार्यक्रम गरेको छ।
समारोहमा राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेल पनि सहभागी भएकी थिइन्। सो अवसरमा नेपाली सेनाले पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो। समारोहमा नेपालको कला संस्कृति झल्कने विभिन्न झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो।
नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ।
हेर्नुहोस् थप तस्बिर















Shares

प्रतिक्रिया