राजनीति


पुरानै ढंगले चलेर नयाँ परिणाम दिन सकिँदैन: विश्वप्रकाश शर्मा

पुरानै ढंगले चलेर नयाँ परिणाम दिन सकिँदैन: विश्वप्रकाश शर्मा

नेपालखबर
फागुन ६, २०८२ बुधबार १७:०, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति विश्ववप्रकाश शर्माले पुरानै ढंगले चलेर नयाँ देश बनाउन नसकिने बताएका छन्। 

बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै शर्माले कांग्रेस बदलिएको सन्देश दिन मधेस आएको जिकिर गरेका छन्। फागुन २१ गतेको चुनावलाई मात्रै सोचेर नहुने उनको भनाइ थियो। 

‘आजका लागि मात्रै सोच्ने होइन। हामी २०८२ सालको लागि मात्रै होइन, २०९२ सालका लागि सोचिरहेको छौँ,’ उनले भने। 

अहिले देशसँगै मधेस पनि दुखिरहेको उल्लेख गरे। ‘अहिले देशलाई दुखिरहेको छ, मधेसलाई दुखिरहेको छ,’ शर्माले भने, ‘कसलाई जिताउने भन्ने होइन, देशलाई कसले जोगाउने भन्ने हो। कसले सम्हाल्ने भन्ने हो।’

देशलाई सम्हाल्न कांग्रेस बदलिएर आएको उनको भनाइ थियो। ‘पुरानै ढंगले चलेर नयाँ परिणाम दिन सकिँदैन,’ शर्माले भने, ‘नयाँ संसद्, नयाँ सरकार बनाउने मात्रै होइन, हामी बदलिनुपर्छ। नविन ढंगले अघि बढ्न मधेसमा आएका छौँ। हामी नयाँ भएर आएका छौँ।’

कांग्रेस आफू बदलिएकाले देशलाई बदल्ने उनको तर्क थियो। जेनजी आन्दोलनपछि कांग्रेस मात्रै बदलिएको उनले जिकिर गरे। ‘आफू बदलिन सक्नले मात्रै अरुलाई बदल्न सक्छ, कांग्रेस बदलिएको छ। नयाँ भएर आएका छौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad