प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
प्रतिनिधि सभाको निर्वाचनका लागि घोषणापत्र तयार भएको आजपाले जनाएको छ। शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा घोषणापत्र सार्वजनिक गरिने आजपाको कार्यालय सदस्य रविन्द्र सिंहले जानकारी दिए।
आजपा अध्यक्ष साह, नेता ऋषी धमलालगायतले घोषणापत्र सार्वजनिक गर्ने जनाइएको छ। आजपाले ‘अब की बार जनता सरकार’ सरकारको नारा दिने भएको छ।
12
Shares

प्रतिक्रिया