राजनीति


राप्रपामा मन दुखाए, घरदैलो गर्दागर्दै एमाले छिरे

राप्रपामा मन दुखाए, घरदैलो गर्दागर्दै एमाले छिरे

राप्रपा उदयपुरका पूर्वजिल्ला सचिव अमीरबाबु थापा (एमालेको झण्डा बोकेका)


नेपालखबर
माघ २८, २०८२ बुधबार १३:७, काठमाडौँ

निर्वाचनको मिति नजिकिँदै गर्दा उदयपुरको राजनीतिक समीकरणमा फेरबदल सुरु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उदयपुरका पूर्वजिल्ला सचिव अमीरबाबु थापा बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमाले चौदण्डीगढी नगर कमिटीले आयोजना गरेको घरदैलो कार्यक्रमका बीच थापालाई एमालेका प्रतिनिधिसभा उम्मेदवार दुर्गाकुमार थापा (स्वस्ती), समानुपातिक सांसद कान्ता राई र जिल्ला उपाध्यक्ष कालुमान लामाले स्वागत गरे।

एमाले प्रवेश गरेलगत्तै थापाले मुलुकको राजनीतिक अस्थिरता अन्त्य गर्न र विकासको लहर ल्याउन आफूले एमाले रोजेको बताए। 

एमालेले थापाको प्रवेशलाई संगठन विस्तारको सफलता र राप्रपाको जनमत तान्ने रणनीतिको रूपमा अर्थ्याएको छ। एमाले जिल्ला नेतृत्वले पछिल्लो समय अन्य दलका कार्यकर्तामाझ आफ्नो पार्टीप्रति आकर्षण बढेको दाबी गरेको छ।

थापाको बहिर्गमनलाई लिएर राप्रपा उदयपुरले भने यसलाई 'स्वाभाविक र अवसरवादी छनोट'को संज्ञा दिएको छ। राप्रपाका स्थानीय नेताहरूका अनुसार, निर्वाचनको समयमा हुने यस्ता हेरफेरले पार्टीको मूल संगठन र सिद्धान्तनिष्ठ कार्यकर्तालाई कुनै असर नपर्ने दाबी गरेका छन्। 

उदयपुर क्षेत्र नम्बर १ मा एमाले, कांग्रेस र राप्रपाबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने आँकलन भइरहेका बेला थापाको एमाले प्रवेशलाई अर्थपूर्ण मानिएको छ।

रानो र नयाँ शक्तिबीचको यो रस्साकस्सीले उदयपुरको निर्वाचन परिणामलाई कुन दिशा दिने हो, त्यो भने मतदानको दिनले नै स्पष्ट पार्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad