राजनीति


नेकपाको प्रतिबद्धतापत्र: सात प्रदेश सात हब, पूर्वमा उद्योग र सुदूरमा पर्यावरणीय पर्यटन

नेकपाको प्रतिबद्धतापत्र: सात प्रदेश सात हब, पूर्वमा उद्योग र सुदूरमा पर्यावरणीय पर्यटन

नेपालखबर
माघ २७, २०८२ मंगलबार १७:१४, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ल्याएको चुनावी प्रतिबद्धतामा सातै प्रदेशमा उद्यमशीलता अध्ययन र तथा परियोजना सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ। 

नेकपाले मंगलबार जारी गरेको चुनावी प्रतिबद्धतापत्रमा सबै प्रदेशहरूको विशेषता अनुसार विस्तृत अध्ययन गरी परियोजना विकास गरिने जनाएको छ। जसमा कोसी प्रदेशलाई उद्योग तथा पर्यटन हबका रुपमा विकास गरिने उल्लेख छ। जहाँ चिया, कृषि प्रशोधन केन्द्र, साहसिक पर्यटन, हस्तकला उद्यम तथा पूर्वी नेपाल पर्यटन सर्किट विकास गरिने जनाइएको छ। 

मधेस प्रदेशलाई कृषि तथा धार्मिक पर्यटन हब बनाइने भएको छ। कृषि प्रशोधन तथा धार्मिक पर्यटन सर्किट (जानकी मन्दिर, बौद्ध क्षेत्र आदि) बनाउने नेकपाले प्रतिबद्धता गरेको छ। 

बागमती प्रदेशलाई शहरी/आईटी तथा नवप्रवर्तन हबका रुपमा विकास गर्ने योजना अघि सारेको छ। यसमा आईटी स्टार्टअप, ई-कमर्स, नवप्रवर्तन केन्द्र तथा काठमाडौँ उपत्यकामा डिजिटल अर्थतन्त्र विकास गर्ने योजना बनाएको छ। 

त्यस्तै, गण्डकी प्रदेशलाई पर्यटन तथा जलविद्युत् हब बनाउने नेकपाले प्रतिबद्धता जनाएको छ। सांस्कृतिक, साहसिक पर्यटन, व्यावसायीकरण, त्रिभुज पर्यटन परियोजना तथा जलविद्युत् विकास गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ। 

लुम्बिनी प्रदेशलाई कृषि तथा धार्मिक पर्यटन हबका रुपमा विकास गर्ने नेकपाको योजना छ। जहाँ मेगा फूड पार्क, कृषि प्रशोधन तथा अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटनको योजना अघि सारिएको छ। 

नेकपाले कर्णाली प्रदेशलाई जडीबुटी, फलफूल तथा इको-टुरिज्म हबका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ। जडीबुटी प्रशोधन केन्द्र, फलफूल व्यावसायिक खेती तथा इको-टुरिज्ममा जोड दिइने भनेको छ। 

सुदूरपश्चिम प्रदेशलाई धार्मिक तथा पर्यावरणीय पर्यटन र कृषि हब बनाउने नेकपाको प्रतिबद्धतापत्रमा उल्लेख छ। जहाँ पर्यावरणीय पर्यटन, धार्मिक पर्यटन, कृषि प्रशोधन तथा स्थानीय रक्सी, कृषि उत्पादन व्यावसायीकरण गर्ने योजना अघि सारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad