राजनीति


झापा- ५ का यी १५ ठाउँका मतदातालाई भेट्दैछन् आज बालेन

झापा- ५ का यी १५ ठाउँका मतदातालाई भेट्दैछन् आज बालेन

नेपालखबर
माघ २६, २०८२ सोमबार ८:३९, काठमाडौँ

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज झापा क्षेत्र नम्बर ५ का १५ ठाउँमा मतदातासँग भेट गर्दैछन्। 

बालेनको सचिवालयले सोमबार झापा ५ स्थित कमल गाउँपालिकामा नागरिकसँग भेटघाटको कार्यक्रम राखिएको जानकारी दिएको हो। 

आजको कार्यतालिका अनुसार सोमबार बिहान ७:३० बजेदेखि नै बालेनले मतदातासँग भेटघाट सुरु गरिसकेका छन्। 

सानो केर्खा चोकबाट सुरु भएको मतदाता भेटघाट कार्यक्रम अब क्रमश: सिंघदेबी मन्दिर, केर्खा बजार, केराधाप, क्याम्पा, सुनहरास्थित उराउ र संथाल बस्ती, ढ्यांग्रीमा हुनेछ। 

त्यसैगरि शरंग्पडा बजार, बाह्रबिघा मन्दिर, नहरचोक, शान्तिचोक, सुकुमबासी बस्ती, समैगडा, छलफल चोक र भुत्लुंग स्कुल क्षेत्रमा पनि भेटघाट कार्यक्रम राखिएको छ। 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा ५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

ओली र बालेन दुवै यतिबेला आफ्नो चुनावी क्षेत्रमा मतदाता रिझाउने अभियानमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad