राजनीति


सबैभन्दा नयाँ नेकपा हो: प्रचण्ड

सबैभन्दा नयाँ नेकपा हो: प्रचण्ड

नेपालखबर
माघ २३, २०८२ शुक्रबार १६:३५, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले विचार र एजेन्डाका हिसाबले सबैभन्दा नयाँ आफ्नो पार्टी भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित मतदाता भेटघाट तथा पार्टी समन्वय कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आफूहरू नयाँ भएको बताए। ‘नयाँ र पुरानोको कुरा गरेका छन् के हो नयाँ? नयाँ र पुरानोको निधो विचार र एजेन्डाले गर्छ। गणतन्त्रभन्दा नयाँ विचार देशमा कसैले ल्याएको छ?,’ उनले भने, ‘नयाँ भनेको गणतन्त्र हो, त्यसैले सबैभन्दा नयाँ नेकपा छ।’

भन्नेहरूसँग कुनै विचार र सिद्धान्त नभएको जिकिर गरे। ‘सबैलाई पहिचान र अधिकार दिने भन्दा नयाँ नारा के छ? नयाँ भनिनेहरूको सङ्घीय लोकतान्त्रिक गणतन्त्रभन्दा नयाँ मुद्दा छ?,’ उनले प्रश्न गरे। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ पार्टीहरूलाई इंगित गर्दै नयाँको धाक नलगाउन सचेत गराए। ‘तपाईंहरू उदार पूँजीवाद र दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने? त्यसैले हामी भन्छौँ नयाँ हामी हो।’

अहिले गणतन्त्र र संघीयताभन्दा नयाँ केही नभएको उनको भनाइ थियो। ‘गणतन्त्र र सङ्घीयताभन्दा नयाँ अरू केही छ? देशको नेतृत्व अब हामीले गर्ने हो भन्ने आत्मसाथका साथ भन्न सक्नुपर्छ,’ प्रचण्डले भने। 

नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको दाबी थियो। अहिलेसम्म २५ वटा घटकलाई एकताबद्ध गराइसकेकाले पनि चुनाव जित्ने वातावरण बनेको प्रचण्डको भनाइ थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad