राजनीति


बालेनको चुनावी यात्रा: आज उदयपुर-खोटाङ हुँदै ओखलढुंगा पुग्ने

बालेनको चुनावी यात्रा: आज उदयपुर-खोटाङ हुँदै ओखलढुंगा पुग्ने

नेपालखबर
माघ २२, २०८२ बिहिबार ८:४२, विराटनगर

चुनाव प्रचार अभियानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज बिहानै उदयपुर पुगेका छन्। 

बिहीबार बिहानै उदयपुर पुगेका उनी विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्। 

बालेन बुधवार दिउँसै उदयपुर पुग्ने जनाएको उनको सचिवालयले  तालिका परिवर्तन गर्दै उदयपुरमा आज भेटघाट कार्यक्रम राखेको हो। 

बुधवार दिउँसो बराहक्षेत्र हुँदै खुवालुङ पुगेका बालेन बिहीबार बिहान कोशीपुलबाट साबिकको सगरमाथा अञ्चलका जिल्लाको यात्रामा निस्केका हुन्।

बालेनले आज बिहान उदयपुरको बेल्टारमा समर्थकसँग बिताएका छन्। उनी त्यहाँबाट गाईघाट हुँदै मोतीगडा, देउरी, चुहाडे तथा कटारी जाने कार्यक्रम रहेको छ। 

बिहीबार बिहान करिब १० बजे बालेन कटारी पुग्ने तालिका रहेको उनको सचिवालयले जनाएको छ। 

बालेनले आजै दिउँसो  खोटाङको हलेसी पुगेर त्यहाँ समर्थक तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नेछन्। 

खोटाङपछि उनी ओखलढुङ्गा जाने उनको सचिवालयले जनाएको छ। 

हलेसीमा उम्मेदवार र मतदातासँग छलफल गरेपछि उनी ओखलढुङ्गामा पुगेर त्यहाँका उम्मेदवार विश्वराज पोखरेलसँगको छलफलमा सहभागी हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad