राजनीति


नयाँ संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदको शालिक राखिने

नयाँ संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदको शालिक राखिने

नेपालखबर
माघ २०, २०८२ मंगलबार १८:३२, काठमाडौँ

सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको परिसरमा जेनजी आन्दोलनका सहिदको शालिक राखिने भएको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस सम्बन्धी व्यवस्थालाई स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बताए। यसका लागि सरकारले सिंहदरबार परिसरको गुरुयोजनाको संशोधनका गर्न स्वीकृति दिएको छ। 

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता अर्यालले भने, ‘निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजनाको संशोधन गर्न स्वीकृति दिने निर्णय गरियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad