राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेनले कर्णालीको गरिबी र भूगोललाई देखाएर अब पुराना दलले राजनीति गर्ने दिन सकिएको संकेत गरेका छन्।
चुनाबी अभियानका क्रममा पश्चिम यात्रामा रहेका बालेनले कर्णालीबासीका अधुरा सपनाहरूलाई अब रास्वपाले मुख्य एजेन्डा बनाउने अभिव्यक्ति दिएका हुन्।
'कर्नालीका सुइना, अब हाम्मा सुइना', (कर्णालीका सपना अब हाम्रा सपना) एउटा आफ्नो फोटो फोटो सहित उनले फेसबुकमा लेखेका छन्।
राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै उनी प्रधानमन्त्रीको उम्मेदवार हुन्। उनले स्थानीयसँग भने कुराकानी गरेनन्। सुदूरपश्चिमका जिल्लाहरूमा रहँदा पनि उनले स्थानीयसँग सम्वाद गरेका थिएनन्।
यो पनि: गाडीको ‘सनरुफ’देखि मोटरसाइकलसम्म: बालेनको सुदूर यात्राका रमाइला रङहरू
141
Shares

प्रतिक्रिया