नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन्।
राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन्। हुनेवाला प्रधानमन्त्रीको लिपुलेक, लिम्पियाधुराबारे स्टेटमेन्ट के हो? थेबेको प्रश्न छ।
उनले नयाँ भनिएका राजनीतिक दलहरूसँग ठोस, नीति, दृष्टिकोण र एजण्डा नभएको टिप्पणी पनि गरे।
उनले भावी प्रधामनमन्त्रीका उम्मेदवारहरुसँगै बहस गर्न समेत नेता शाहलाई चुनौती दिए।
उनले भने, ‘नयाँहरूसँग केही एजेन्डा छैन। एजेन्डा भए आम सञ्चारमाध्यमले बहसका लागि बोलाउँदा पनि किन आएनन्? एजेण्डा भए पो आउनु’ उनले भने, ‘हामीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नक्सामा समावेश गरेको हो कि होइन? हुनेवाला प्रधानमन्त्रीज्यू तपाईंको स्टेटमेन्ट हेरौँ। भन्नुहोस् त–लिपुलेक, लिम्पियाधुराबारे तपाईको स्टेटमेन्ट के हो?’
उनले मुलुकभर विद्युत विस्तार समेत एमालेको नेतृत्वमा भएको जिकिर गरे।
अध्यक्ष थेबेले आगामी आम निर्वाचनपछि समाजलाई सुखी र समृद्ध बनाउने एजेण्डासहित पार्टी जनतामाझ गएको पनि बताए।
Shares

प्रतिक्रिया