राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट गोरखा–१ का उम्मेदवार सुदन गुरुङले सुरक्षा माग गरेका छन्।
रास्वपा गोरखाले जिल्ला प्रशासन कार्यालयसँग पीएसओसहितको सुरक्षा दिन माग गरेको हो।
प्रशासनलाई लेखेको पत्रमा ‘गोप्य सूचना अनुसार हातहतियार सहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रुपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओ सहित सुरक्षा व्यवस्था प्रदान’ गर्न आग्रह गरेको छ।

471
Shares

प्रतिक्रिया