राजनीति


राष्ट्रपतिको जापान भ्रमण स्वीकृत

राष्ट्रपतिको जापान भ्रमण स्वीकृत

नेपालखबर
माघ १५, २०८२ बिहिबार १८:२८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेले जापान भ्रमण स्वीकृत गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए। राष्ट्रपति पौडेल माघ १८ देखि २१ गतेसम्म जापान भ्रमणमा जाँदै छन्। 

नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा जापानमा विविध कार्यक्रम आयोजना हुँदै छन्। राष्ट्रपति पौडेलले जापानमा आयोजना हुने विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad