राजनीति


आचारसंहिता उल्लंघन गर्नेलाई अब जिल्लाबाटै डण्डा, सहायक सीडीओलाई दिइयो ‘पावर’

आचारसंहिता उल्लंघन गर्नेलाई अब जिल्लाबाटै डण्डा, सहायक सीडीओलाई दिइयो ‘पावर’

नेपालखबर
माघ १३, २०८२ मंगलबार १३:५६, काठमाडौँ

निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन र निगरानीलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा अनुगमन अधिकृत नियुक्त गरेको छ। आयोगले सबै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) र प्रमुख कोष नियन्त्रकलाई अनुगमन अधिकृतको जिम्मेवारी तोकेको हो।

गत माघ ९ गतेको निर्णयानुसार आयोगले मंगलबार परिपत्र जारी गर्दै उनीहरूलाई जिम्मेवारी प्रदान गरेको हो। नयाँ व्यवस्थाअनुसार अब नियुक्त अधिकृतहरूले निर्वाचन आचारसंहिता अनुगमनका क्रममा प्रत्यक्ष रूपमा 'निर्वाचन आयोग' को छाप प्रयोग गर्ने अधिकार पाएका छन्।

जिल्ला तहमै संयन्त्र निर्माण गर्दा आचारसंहिता उल्लंघनका घटनामाथि तत्काल कारबाही गर्न सहज हुने आयोगको विश्वास छ। 'जिल्ला स्तरबाटै सुक्ष्म अनुगमन हुँदा आचारसंहिता पालनामा थप कडाइ र प्रभावकारिता आउनेछ,' आयोगका एक अधिकारीले भने।

पछिल्ला केही दिनयता आयोगले विभिन्न उम्मेदवारहरूलाई आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोध्ने क्रमलाई तीव्र पारेको छ। अब जिल्ला तहमै अनुगमन अधिकृतहरू सक्रिय हुने भएपछि स्पष्टीकरण र कारबाहीको दायरा अझ बढ्ने देखिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले यो विशेष कदम चालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad