राजनीति


बालेन्द्रले भनेः मान्छेलाई जंगलसँगै राख्ने होइन, छेउका बस्ती सार्ने हो

बालेन्द्रले भनेः मान्छेलाई जंगलसँगै राख्ने होइन, छेउका बस्ती सार्ने हो

नेपालखबर
माघ ११, २०८२ आइतबार १७:३४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले वनजंगल छेउका गाउँलाई स्थानान्तरण गर्नुपर्ने बताएका छन्।

आइतबार कार्यकर्ताहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। 

उनले नेपाल सरकारको नीति जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हुनुपर्ने बताए।

शाहले उनीहरूको जति जग्गा छ, त्यत्ति नै जग्गा अन्य स्थानमा दिएर स्थानान्तरणको नीति लिनु उचित हुने बताए।

उनले भने, ‘नेपाल सरकारको नीति त्यस्तो हुनुपर्छ। जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हो। उहाँहरुको जति जग्गा छ, उहाँहरुको पाँच आना जग्गा छ, दुई रोपनी जग्गा छ कति छ, त्यो हिसावले स्थानान्तरण गरेर सरकारले अर्को ठाउँमा राखिदिनुपर्छ। मान्छेलाई जंगलसँगै राखिदिनु भएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad