उज्यालो नेपाल पार्टीले म्याग्दीमा स्वतन्त्र उमेदवार निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई समर्थन गरेको छ।
उज्यालो नेपाल पार्टीका प्रवक्ता डा राजु थापाले शनिबार विज्ञप्ति जारी गरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा निवर्तमान शिक्षामन्त्री पुनलाई समर्थन गर्ने जानकारी गराएका हुन्।
‘उज्यालो नेपाल पार्टी सुशासन, समृद्धि र सामाजिक न्यायका लागि प्रतिबद्ध रही देशको समग्र विकासका लागि जिम्मेवार र सक्षम नेतृत्वलाई निरन्तर समर्थन र सहयोग गर्दै आएको छ। यही सन्दर्भमा आसन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनुभएका पूर्वशिक्षा मन्त्री डा. महावीर पुनप्रति उज्यालो नेपाल पार्टीको समर्थन रहने निर्णय गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उज्यालो नेपाल पार्टीप्रति सद्भाव र समर्थन राख्नुहुने सम्पूर्ण मतदाता, शुभेच्छुक तथा समर्थकहरूलाई म्याग्दी जिल्लामा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत आफ्नो अमूल्य मत डा. महावीर पुनलाई प्रदान गर्न हामी हार्दिक अनुरोध गर्दछौँ।’

Shares

प्रतिक्रिया